अब विकास, समृद्धि र नागरिकलाई सुखी बनाउन केन्द्रित हुनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडाैं | माघ २७, २०७९

अब विकास, समृद्धि र नागरिकलाई सुखी बनाउन केन्द्रित हुनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारीले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो। 

 

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘‘अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। संविधानले मार्गदर्शन गरे अनुसार स्वतन्त्र ढंगले राज्यका अगंहरुले आफूलाई परिचालित गर्नुपर्छ।’’ 

 

राष्ट्रपति भण्डारीले आफूलाई दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिनुभयो।  उहाँले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्नेसमेत बताउनुभएको छ। देशको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमा परेको प्रभावबाट नेपाल मात्र अछुतो रहको छैन। अर्थतन्त्रको सुदृढीकरणका लागि हामीले गम्भीर पाइला चाल्नुपर्ने देखिएको छ। औपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्न र संस्थागत गर्न वृत्त नीति निर्देशित हुनुपर्ने देखिएको छ।’’ 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्